क्यान महासंघ मोरङको वार्षिक साधारणसभा सम्पन्न
कम्प्युटर एशोसिएशन नेपाल महासंघ, मोरङ शाखा आफ्नो आठौं वार्षिक साधारण सभा गरेको छ ।
विराटनगरको होटल श्रीकृष्णमा शुक्रबार क्यान मोरङले आफ्नो आठौँ साधारण सभा आयोजना गरेको हो ।
साधारणसभामा वार्षिक तथा लेखा प्रतिवेदन सार्वजनिक गरिएको क्यान मोरङका अध्यक्ष सुमितकुमार साहले जानकारी दिए ।
क्यान महासंघका महासचिव चन्द्रविलास भुर्तेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्यान मोरङका कोषाध्यक्ष सुजित झाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै, वार्षिक प्रतिवेदन भने संस्थाका सचिव अजिप चापागाईंले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा भावी योजनासमेत प्रस्तुत गरिएको थियो । जसअनुसार आइसिटी बजार व्यवस्थापनलगायत आइसिटी प्रवर्द्धनमा जोड दिने विषयसमेत उल्लेख छ ।
त्यसबाहेक स्वर्गीय राजेन्द्रप्रसाद यादवको स्मृतिमा आइसिटी अवार्डका लागि छात्रवृत्ति स्थापना गरी विद्यार्थीहरूलाई सम्मान गर्ने योजना रहेको अध्यक्ष साहको भनाइ छ ।
क्यान मोरङमा संस्थागत र व्यक्तिगत गरी हालसम्म ७१ जना सदस्य रहेका छन् । जसमध्ये शुक्रबारको कार्यक्रममा ६० भन्दा बढी सदस्य उपस्थित रहेका थिए ।
कार्यक्रमको सञ्चालन भने रश्मी थापाले गरेकी थिइन् ।
Download Annual Report: Download
Link to event Photos: View Photos